निष्पक्ष छानविन गरौ
निष्पक्ष छानविन गरौ
भूकम्प पीडितका लागि धार्चे गाउपालिका–४ लाप्राक स्थित गुप्सीपाखामा एकिकृत वस्ती निर्माण अन्तिम चरणमा छ । वस्तीका ५७३ घर ठडीसकेका छन् । वाहिरि आवरण सुन्दर देखिएपनि वस्तीका घर भित्रको फिनिसिङको काम वाकी नै छ ।
पुर्ण रुपमा घर तयार नहुदा लाप्राकका स्थानीयले भूकम्प गएको पाच वर्ष सम्म नयाँ घर पाएका छैनन् ।
वाहिरि आवरण सुन्दर देखिने घरमा सर्ने सुरसार गरेका स्थानीय पनि पछि हटेका छन् । कारण हो–वस्तीका घरमा प्रयोग भएको झ्याल ढोका कमसल हुनु । एनआरएनएले हालेको झ्याल ढोका फालेर यतिखेर यहाँका स्थानीय काठको झ्याल ढोका हाल्न ब्यस्त छन् ।
घर वलियो वनाउन नयाँ झ्याल ढोका हाल्नु स्वभाविक छ । हात छुदा वा धकेल्दा पनि बस्तीको भ्mयाल ढोका प्याट् प्याट प्mट्दा वस्नै असुरक्षित रहेको स्थानीयको गुनासो छ ।
राष्टिय पुननिर्माण प्राधिकरण, एनआरएनए र स्थानीय जनप्रतिनिधिको फितलो अनुगमन यसतो समस्या आएको हो । एनआरएनए प्रतिष्ठित ख्याति प्राप्त संस्थाले बनाएको बस्तीमा यस्ता कमजोरी हुनु आपैmमा लज्जास्पद कुरा हो ।
गुणस्तरहिन काम कसरी भए यसको छानिविन गर्नुपर्ने देखिन्छ । सम्बन्धित निकाय समयमै सचेत गराएको भए यो अवस्था आउथेन ।
निस्पक्ष छानविन गरि गलत कार्यलाई सच्याउन सके भोलिका दिनमा यस्ता कार्य दोहोरिने थिएनन् ।