४ लाखसहित रेड युनाइटेड च्याम्पियन

४ लाखसहित रेड युनाइटेड च्याम्पियन


आइतवार, फाल्गुन १०, २०८२


४ लाखसहित रेड युनाइटेड च्याम्पियन

गाेरखाः जिल्ला सदरमुकामस्थित हरमटारी खेलमैदानमा सम्पन्न दशौं गोर्खाली रनिङ कप २०८२ ले स्थानीय फुटबलप्रेमीहरूलाई उत्साहले भरिदिएको छ। रेड युनाइटेड क्लब ले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्दा प्रतियोगिताले प्रतिस्पर्धात्मक फुटबलको नयाँ उचाइ देखाएको छ।

शनिबार भएको फाइनल खेलमा चाइनिज धारा फेमेली लाई २–० गोलअन्तरले पराजित गर्दै रेड युनाइटेड क्लबले रनिङ कपसहित चार लाख रुपैयाँ नगद पुरस्कार हात पारेको हो। उपविजेता चाइनिज धारा फेमेलीले दुई लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो।



हरमटारी क्लब को आयोजनामा फागुन ३ गतेदेखि सुरु भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो। प्रतियोगिताभर मैदानमा देखिएको प्रतिस्पर्धात्मक खेलले दर्शकलाई रोमाञ्चित बनाएको आयोजकको भनाइ छ।

व्यक्तिगत विधातर्फ चाइनिज धारा फेमेलीका अमृत क्याप्छाकी मगर सर्वोकृष्ट खेलाडी घोषित भए। उनले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। त्यस्तै, रेड युनाइटेड क्लबका चन्द्रशेखर श्रेष्ठ सर्वोत्कृष्ट गोलरक्षक र हरमटारी क्लबका आकाश गुरुङ उदीयमान खेलाडी घोषित भए। दुवैले जनही १५ हजार रुपैयाँ प्राप्त गरेका छन्।

स्थानीयस्तरमा नियमित रूपमा प्रतियोगिता आयोजना गर्दै आएको हरमटारी क्लबले युवा खेलाडीलाई अवसर प्रदान गर्नुका साथै खेल पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याएको बताइएको छ। प्रतियोगिताको सफल आयोजनाले आगामी वर्ष अझ व्यापक सहभागितासहित प्रतियोगिता सञ्चालन गर्ने संकेतसमेत दिएको छ।

 


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda