गोरखामा बसको ठक्करबाट ९५ वर्षीया वृद्धाको मृत्यु
गोरखामा बसको ठक्करबाट ९५ वर्षीया वृद्धाको मृत्यु
गोरखा: गोरखामा बसको ठक्करबाट घाइते भएकी एक वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ । र मृत्यु हुनेमा गोरखा नगरपालिका–१२, दशकिलो निवासी ९५ वर्षीया सुनमायाँ लामा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टि गरेको छ ।
शनिबार दिउँसो करिब १ः३० बजे गोरखा नगरपालिका–१२ को दशकिलोमा काठमाडौँदेखि गोरखाको बोर्लाङतर्फ जाँदै गरेको ना ५ ख ५०३० नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा लामा गम्भीर घाइते भएकी थिइन् ।
घटना लगत्तै उनलाई प्रदेश अस्पताल गोरखामा उपचारका लागि लगिएको थियो । उपचारकै क्रममा दिउँसो २ः४५ बजे चिकित्सकले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक भरत बहादुर बिकले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।