स्वास्थ्य तथा पोषण कार्यक्रम सम्पन्न
स्वास्थ्य तथा पोषण कार्यक्रम सम्पन्न
आरुघाट गाउँपालिका–२ मा बिद्यालय स्तरिय स्वास्थ्य तथा पोषण सम्बन्धि अभिमुखिकरण कार्यक्रम भएको छ ।
भवानी माध्यमिक बिद्यालयमा भएको कार्यक्रममा वडा नम्वर १ र २ भित्रका दश वटा सामुदायिक बिद्यालयका प्रधानाध्यापकहरुको सहभागीता रहेको थियो ।मान्वु स्वास्थ्यचौकीको आयोजनामा भएको कार्यक्रमले पाँच बर्ष मुनिका बालबालिकाको पाखुराको नापजाँच तथा तौलको अनुगमन गरी उनीहरुको पोषण अवस्था लेखाजोखा गर्ने पोषणा वर्गिकरणलाइ वृहत गर्ने निर्णय गरेको छ ।
त्यस्तै कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरीहरुलाइ आइरन चक्की वितरण गर्ने र दुवै वडालाइ जंक फुड निषेधित क्षेत्र घोषणा गर्ने निर्णय समेत भएको स्वास्थ्य चौकी इन्चार्ज प्रविन थापाले बताए ।
कार्यक्रममा विद्यालय स्तरिय बाल स्वास्थ्य क्लब गठन गर्ने निर्णय समेत भएको छ । मान्वु स्वास्थ्य चौकी व्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष ठाकुर प्रसाद पुडासैनीको अध्यक्षता तथा वडा नम्वर २ का अध्यक्ष सोम प्रसाद घलेको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा भवानी माविका प्रधानाध्यापक काजिराम कार्की लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा स्वास्थ्य चौकी इन्चार्ज थापाले स्वास्थ्य तथा पोषण सम्बन्धी सहजिकरण गरेका थिए ।