राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन
राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन
संसद बिघटनको बिरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड(माधव समूहका बिद्यार्थी संगठन अनेरास्ववियूले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेका छन् ।
बिहीवार बिहान करिव नौ बजे गोरखा क्याम्पसको गेटमा उनीहरुले पुत्ला दहन गरेका हुन् । असंवैधानिक रुपमा गरिएको प्रतिनिधीसभा बिघटन खारेज गर्न उनीहरुले माग गरेका छन् ।