माघे सक्रान्तिको अवसरमा १० हल गोरु जुधाइयो
माघे सक्रान्तिको अवसरमा १० हल गोरु जुधाइयो
माघे सक्रान्तिको अवसरमा भिमसेन थापा गाउपालिका–५ वगुवामा गोरु जुधाइएको छ ।
यस वर्ष पनि १० हल गोरु जुधाइएको स्थानीय रविन सिंखडाले बताए । गोरु जुधाइ हेर्न दर्शकको भिड लागेको थियो ।
दुइ मिनेट भन्दा माथि जुधेर विजेता हुनेलाई पाच हजार र उपविजेतालाई तिन हजार पुरस्कारको ब्यवस्था गरिएको सिखडाले बताए । ४४ मिनेट ३७ सेकेण्ड जुधेरव स्थानीय किसान प्रदिप गुरुङको गोरु उत्कृष्ट भयो ।
दुइ मिनेट भन्दा कम जुध्ने गोरुलाई सान्त्वना स्वरुप दुइ हजार पुरस्कार ब्यवस्था गरिएको थियो । माघि पर्वलाई रमाइलो वनाउन र परम्परालाई जिवन्त राख्न गोरु जुधाइ प्रतियोयोगीता गरेको आयोजकले जनाएको छ ।
हराउदै गएको परम्परालाई जिवन्त राख्दै वगुवाका युवाहरुले गोरु जुधाउने प्रचलनलाई निरन्तरता दिदै आएका छन् । गोरु जुधाइ प्रतियोगीताले किसानलाई समेत हौसला मिलेको आयोजकले जनाएको छ ।