फिस्लिङ–भूम्लिचोक सडक कालोपत्रेको काम अझै शुरु भएन

फिस्लिङ–भूम्लिचोक सडक कालोपत्रेको काम अझै शुरु भएन


सोमवार, माघ १२, २०७७


फिस्लिङ–भूम्लिचोक सडक कालोपत्रेको काम अझै शुरु भएन

गण्डकी गाउँपालिकाको फिस्लिङ देखि गाउँपालिका केन्द्र भूम्लिचोकसम्मको सडक कालोपत्रे को काम अझै शुरु हुन सकेको छैन ।

करिव नौ किलोमिटर दुरीको उक्त सडक कालोपत्रेका लागी गण्डकी प्रदेशको भौतिक पूर्वाधार बिकास मन्त्रालयबाट चालु आर्थिक बर्ष दुइ करोड ५० लाख रकम विनियोजन समेत भइसकेको छ ।



तर काम शुरु नहुदाँ समस्या भएको गाउँपालिका प्रमुख होम बहादुर रानाले बताए । ‘प्रदेशले गर्ने भनेपछि त्यही योजनामा हामीले बजेट हाल्ने कुरा भएन,’ उनले भने, ‘तर अहिलेसम्म काम शुरु भएको छैन ।’

गाउँपालिकाको केन्द्र आउने मुख्य बाटो भएकाले स्तरोन्नती अभावमा आउजाउमा समस्या भएको उनको भनाइ छ ।

‘कालोपत्रे भयो भने गाउँपालिका केन्द्रसम्म पुग्न १५ मिनेटको बाटो हो तर अहिले कच्चि सडक भएकाले करिव एक घण्टाजति लाग्छ,’ उनले भने । उक्त सडक कालोपत्रे भएसँगै भूम्लिचोक लगायतका क्षेत्रमा उत्पादित कृषि उपजको बजारीकरणका लागी पनि सहज हुने उनले बताए । तर काम शुरु गर्न ढिलाइ गरेको भन्दै उनले गुनासो गरेका छन् ।

सडक कालोपत्रेका लागी टेन्डर प्रक्रियामा जान जिल्लाको पूर्वाधार बिकास कार्यालयलाई निर्देशन दिइसकेको भौतिक पूर्वाधार बिकास मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठले बताए ।

‘त्यो सडकका लागी यो बर्ष दुइ करोड ५० लाख रकम छुट्याएका हौ, त्यसमा एक करोड थप गरेर टेन्डर निकाल्न कार्यालयलाई भनिसकेका छौ,’ उनले भने । यो बर्ष कालोपत्रे काम शुरु नभएपनि सडक चौडा बनाउने काम हुने उनले बताए । पूर्वाधार बिकास कार्यालय गोरखाका प्रमुख दयाराम अधिकारीले टेन्डरको प्रक्रियामा जाने तयारी भइरहेको बताएका छन् ।

‘डिपिआर तयार गरेर मन्त्रालय पठाइसक्यौ, अव टेन्डर निकाल्छौ, यो बर्ष सडकलाइ चौडा गर्ने र नाला तथा वाल लगायतका संरचनाका काम सक्छौ, ग्राभेल गरेर कालोपत्रे गर्ने काम अर्काे बर्ष शुरु हुन्छ,’ उनले भने । स्रोत सुनिश्चितताको समस्याका कारण केही समय ढिलाइ हुन गएको उनले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda