थुनुवालाई कारागारमै नागरिकता
थुनुवालाई कारागारमै नागरिकता
कर्तव्य ज्यान मुद्धामा कारागार चलान भएका सिरानचोक गाउँपालिका–८ जौवारीका सञ्जित मगरले नागरिकता पाएका छन् ।
सोमवार प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई र प्रशासकिय अधिकृत दामोदर शर्माको टोली कारागार पुगेर उनलाई नागरिकता वितरण गरेको हो ।अदालतमा राखेको धरौटी फिर्ता लिनका लागी नागरिकता आवश्यक परेपछि थुनुवा मगरले नागरिकताका लागी जेलर मार्फत कारागार कार्यालयमा निवदेन पेश गरेको कार्यालय प्रमुख गणेश भट्टराइले बताए ।
‘मगरको निवदेनसँगै उनका बुवा कुलमान मगरले सनाखत गरेर गाउँपालिकाको सिफारिस हामीलाइ बुझाउनुभयो,’ भट्टराइले भने, ‘हामीले नागरिकता उपलब्ध गराइदिन भनेर प्रशासनमा निवेदन र आवश्यक कागजात पेश ग¥यौ ।’
नागरिकताका लागी पेश भएको निवदेन र आवश्यक कागजपत्रको आधारमा मगरलाइ नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी भट्टराइले बताए । २०५७ सालमा जन्मिएका मगरलाई कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालतले थुनुवा पुर्जी दिएर गत मंसिर ८ गते कारागार चलान गरेको थियो ।