होम स्टे प्रवद्र्धनका लागी क्लव गठन
होम स्टे प्रवद्र्धनका लागी क्लव गठन
विरेन्चोक सामुदायिक होमस्टे प्रवद्र्धनका लागी रोटरी कम्युनिटी क्लब गठन भएको छ ।
अनिता थापा मगर अध्यक्ष रहने गरी गठन भएको क्लबमा नौ सदस्य रहेका छन् ।
क्लबको उपाध्यक्षमा सविना श्रेष्ठ, सचिव हिरा राना मगर र कोषाध्यक्षमा पूजा राना चयन भएका छन् ।
सदस्यहरुमा निरा राना, गोमा राना, दुर्गा कुमारी राना, रेनु विक, संगिता थापा चयन भएको क्लवले जनाएको छ । होमस्टे संचालन गर्दै आएका स्थानीयहरुलाई क्षमता अभिवृद्धिका लागि सिपमुलक तालिमहरु दिने, स्थानीय संस्कृतिको संरक्षण र प्रर्वद्र्धनमा सहयोग गर्नै, स्थानीयस्तरमा उत्पादित कृषि उपजका सामाग्रीहरुलाई बजारी करणमा सहयोग पु¥याउने लगायतका काममा क्लबले सहयोग गर्ने बताइएको छ ।
रोटरी क्लव अफ बज्र मनासलु गोरखाका अध्यक्ष विष्णु राना मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि क्लवका पूर्व संस्थापक अध्यक्ष भाइचन्द्र श्रेष्ठ, विरेन्चोक सामुदायिक होमस्टेका अध्यक्ष सम्झना राना मगर लगायतको उपस्थिती थियो ।