एक करोड ४० लाख खर्चेर पालुङटारमा पार्टी प्यालेस
एक करोड ४० लाख खर्चेर पालुङटारमा पार्टी प्यालेस
पालुङटार नगरपालिका–५ राधाकृष्णचोकमा स्काई रेष्टुरेष्ट एण्ड पार्टी प्यालेस संचालनमा आएको छ ।
कुल एक करोड ४० लाखमा निर्माण भएको प्यालेस सोमवारबाट संचालनमा आएको हो ।
सोमवार एक कार्यक्रमका बिच पालुङटार नगरपालिकाका मेयर दिपक बाबु कडेल र उपमेयर पम्फा बसेलले प्यालेसको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
दश रोपनी जग्गा लिजमा लिएर प्यालेस संचालन गरिएको संचालक मध्यका दुर्गालाल श्रेष्ठले बताए ।
‘यो प्यालेस करिव सात सय जना क्षमताको हो,’ उनले भने, ‘विवाह, ब्रतवन्ध, सेमिनार लगायतका कार्यक्रमहरु संचालन गर्न सहज हुन्छ ।’ पाँच जनाको लगानीमा खोलिएको प्यालेसमा खाजाका लागी रेष्टुरेष्ट र कफि सप पनि रहेको बताइएको छ । स्वीमिङ पुल पनि निर्माण गर्ने योजना रहेको श्रेष्ठले जानकारी दिए ।