भुपु विद्यार्थी श्रेष्ठद्धारा हिमालय माविमा अक्षयकोष स्थापना
भुपु विद्यार्थी श्रेष्ठद्धारा हिमालय माविमा अक्षयकोष स्थापना
शहिदलखन गाँउपालिका–६ घैरुङ स्थित हिमालय माध्यमिक विद्यालयका भुतपुर्व विद्यार्थी शिव श्रेष्ठले सोही विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।
वुधवार विद्यालयको भवन उद्घाटन समारोहको अवसर पारेर ५० हजारको छात्रवृत्ती अक्षयकोष स्थापना गरेका हुन् । स्वर्गीय हजुरवुवा दुर्गालाल श्रेष्ठको स्मृतिमा अक्षयकोष स्थापना गरेको श्रेष्ठले बताए । उत्त अक्षयकोषको रकमले हरेक वर्ष १० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने श्रेष्ठले बताए । श्रेष्ठले २०६८ सालमा सोहि विद्यालयबाट एसएलसी दिएका थिए । उनि हाल नेपाल सरकारको प्रशासन सहायक पाँचौ तहमा स्थायी कार्यरत कर्मचारी छन् ।
त्यस्तै हिमालय माध्यमिक विद्यालयको नब निर्मित भवनको वुधवार उद्घाटन भएको छ । चार करोड २८ लाखको लागतमा १८ कोठे भवन निर्माण भएको विद्यालयका प्रधानाध्यापक सिताराम ढकालले वताए । भवन बने सँगै पठनपाठनमा सहज हुने ढकालले वताए ।