व्याडमिन्टन प्रतियोगीतामा सम्पन्न
व्याडमिन्टन प्रतियोगीतामा सम्पन्न
गोरखा : जिल्ला सदरमुकाममा भएको मेन्स डवल ब्याडमिन्टन प्रतियोगीताको सिनियर तर्फ शिशु बाबु प्रधान र भोला मरहट्टाको जोडी पहिलो भएको छ ।
बिहीवार भएको फाइनल खेलमा रमेश थापा र नारायण अच्छामीको जोडीलाइ हराउदै प्रधान–मरहट्टाको जोडी पहिलो भएको हो । फाइनल खेलमा हार व्यहोरेको थापा–अच्छामीले जोडीले दोस्रो स्थानमा चित्त बुझाउनुप¥यो । प्रतियोगीतामा टोप बहादुर अधिकारी र सुरेन्द्र गुरुङको जोडी तेस्रो भएका छन् । पहिलो, दोस्रो र तेस्रो हुने जोडीले क्रमश पाँच हजार, तीन हजार र दुइ हजार नगद पुरस्कारको साथमा कप, मेडल र प्रमाणपत्र पाएको कार्यक्रम संयोजक सुजन श्रेष्ठले बताए ।
सिनियर तर्फ १९ टिमको सहभागीता रहेको आयोजक रोटरी क्लब अफ बज्र मनासलुले जनाएको छ । जुनियर तर्फ कपिल भट्ट र दिपेन्द्र पुनको जोडी पहिलो भएका छन् । प्रदिप कुँवर र गणेश शिलवालको जोडी दोस्रो र शिबकुमार श्रेष्ठ र रेशम आले मगरको जोडी तेस्रो भएको आयोजकले जनाएको छ । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश तीन हजार, दुइ हजार र एक हजार नगद पुरस्कारको साथमा कप, मेडल र प्रमाणपत्र पाएको कार्यक्रम संयोजक श्रेष्ठले बताए ।
जुनियर तर्फ १५ टिमको सहभागीता रहेको थियो । बिजेती टिमलाइ बिहीवार एक कार्यक्रमका बिच पुरस्कार वितरण गरिएको हो । क्लबका अध्यक्ष बिष्णु राना मगरको अध्यक्षता तथा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्त, जिमाली गोरखाका प्रमुख रामशरण आचार्य, क्लबका संस्थापक अध्यक्ष भाइचन्द्र श्रेष्ठ, निवर्तमान अध्यक्ष रुस बाबु जोशी, भूतपूर्व अध्यक्ष बाबुराम श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।