कौडाको खालबाट पक्राउ परेका ६ जुवाडेलाई मुद्धा
कौडाको खालबाट पक्राउ परेका ६ जुवाडेलाई मुद्धा
चैत १८गोरखा : कौडाको खालबाट ६ जना जुवाडे पक्राउ परेका छन् ।
अजिरकोट गाउँपालिका–३ भच्चेक स्थित भीमराज गुरुङको घरबाट सोमवार राती साढे बाह्र बजे उनीहरुलाइ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा अजिरकोट गाउँपालिका–३ बतासेका सुगम गुरुङ, अमिर गुरुङ, भच्चेकका सोम बहादुर गुरुङ, बिकास गुरुङ, सिराचनोक गाउँपालिका–५ का ठाकुर वयलकोटी र प्रकाश पोखरेल रहेको प्रहरीले जनाएको छ ।
‘अवैध रुपमा जुवा खेलिरहेको छ भन्ने गोप्य सूचना पाएपछि हाम्रो टोलि त्यहा पुग्यो,’ डिएसपी प्रकाश दाहालले भने, ‘हारजित हुने गरी अवैध रुपमा कौडा खेलिरहेको भेटेपछि उनीहरुलाइ पक्राउ गरेका हौ ।’ खालबाट ९ हजार ५ शय ९५ रुपैया सहित कौडाको गोटी १६ थान र बाँसको चोयाबाट बनेको नाङ्लो एक थान बरामद गरिएको उनले बताए । पक्राउ परेकाहरुलाइ जुवा सम्बन्धि कसुर मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।