सहकारी संस्था समयमै नविकरण नगरे जरिवाना
सहकारी संस्था समयमै नविकरण नगरे जरिवाना
गोरखा : गोरखा नगरपालिकामा दर्ता भएका सहकारी संस्थाहरुले प्रत्येक आर्थिक बर्षको पुष मसान्त भित्र नविकरण गर्नुपर्ने भएको छ ।
सातौ नगरसभाले आर्थिक ऐन २०७७ संशोधन गर्दै पुष मसान्तसम्ममा संस्था नविकरण नगराएमा जरिवाना लिने निर्णय गरेको छ । पुष मसान्तसम्म नविकरण नगरेमा माघ १ गते देखि असार मसान्तसम्म गत आर्थिक बर्षको खुद नाफाको १.५ प्रतिशतले हुन आउने रकम जरिवाना स्वरुप तिर्नुपर्ने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले बताए । उनका अनुसार अर्काे आर्थिक बर्ष शुरु भए पश्चात प्रत्येक बर्षको नाफाको २ प्रतिशतले जरिवाना शुल्क लाग्ने छ । बचत तथा ऋणको कारोवार गर्ने सहकारी संस्था दर्ता गर्न १० हजार र अन्य सहकारी संस्थाको हकमा २ हजार शुल्क तोकिएको छ ।