खेत जोत्न गएका श्रेष्ठ मृत फेला
खेत जोत्न गएका श्रेष्ठ मृत फेला
असार १०, गोरखा । भीमसेन थापा गाउँपालिका–६ को ज्यादुलखोला फाँट स्थित कुलो नजिकै एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
शहिद लखन गाउँपालिका–८ मैलुङका ३९ बर्षिय कुमार श्रेष्ठ मंगलवार साँझ मृत फेला परेको प्रहरीले जनाएको छ ।
गोरु जोत्न भनेर मंगलवार उनी बुवासँगै खेतमा गएका थिए । खाजा खाने समयमा हराएपछि उनका वुवाले खोजी गर्दा कुलोमा मुख तल जोतिएको अवस्थामा उनको शव भेटिएको थियो । खवर पाए लगतै प्रहरी टोली उक्त स्थानमा पुगेको डिएसपी प्रकाश दाहालले बताए । ‘शव गोरखा अस्पतालमा पोष्टमार्टम गरेर दाहसंस्कारका लागी परिवारलाइ बुझाइएको छ,’ उनले भने । श्रेष्ठको शरिरमा गम्भिर चोट नदेखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।