उत्तरी गोरखामा कार्यरत प्रहरी जवान बेपत्ता
उत्तरी गोरखामा कार्यरत प्रहरी जवान बेपत्ता
असार २४, गोरखा । उत्तरी गोरखाको सामागाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान बेपत्ता भएका छन् । चुमनुव्री गाउँपालिका–१ स्थित उक्त चौकीमा कार्यरत प्रहरी जवान मोहनसिंह कुँवर यही असार १ गतेदेखि सम्पर्क विहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी शेखर खनालले बताए ।
कञ्चनपुरको बेलकोट नगरपालिका–२ घर भएका कुँवर घर बिदामा गएका थिए । बिदा सकिएर कार्यक्षेत्र फर्कने क्रममा उनी वेपत्ता भएका हुन् । ‘धार्चे गाउँपालिकाको तातोपानी क्षेत्रसम्म पुगेको भन्ने सूचना प्राप्त भएको थियो,’ एसपी खनालले भने, ‘त्यहाँबाट सम्पर्क विहिन भए, कहाँ गए भन्ने बारेमा खुल्न सकेको छैन ।’ कुवँरको खोजी कार्य तिव्र पारिएको उनले बताए ।
उनको खोजीका लागी इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटिएको छ ।