लायन्स क्लब अफ गोरखा सिटीद्धारा चिल्ड्रेन पार्कमा वृक्षारोपण
लायन्स क्लब अफ गोरखा सिटीद्धारा चिल्ड्रेन पार्कमा वृक्षारोपण
असार २७, गोरखा । लायन्स क्लब अफ गोरखा सिटीले गोरखा नगरपालिका–५ चिल्ड्रेन पार्कमा वृक्षारोपण गरेको छ । पार्क स्थित पुननिर्मित खड्कदेबी मन्दिर परिसरमा धुपी, अशोक, कल्की, कपुर लगायतका करिव ३५ वटा विरुवा रोपिएको हो ।
रोपिएको विरुवा बस्तुभाउले खान नमिल्ने गरी तारजाली समेत लगाइएको क्लबका अध्यक्ष इमानजंग वानियाले बताए । उनका अनुसार यो कार्यक्रम लायन्स बर्ष २०२१÷२२ को पहिलो कार्यक्रम हो । वृक्षारोपण कार्यक्रममा वडा नम्वर ५ का अध्यक्ष राम कुमार थापा मगर, टोल बिकास समितिका अध्यक्ष भाइकाजी आले मगर, क्लबका पदाधिकारीहरु लगायतको सहभागीता रहेको थियो ।
रोपिएका विरुवाको संरक्षण गर्न आग्रह गर्दै क्लबले गोडमेलमा समेत सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।