‘मास्क खै अभियान’ पुनः शुरु
‘मास्क खै अभियान’ पुनः शुरु
साउन १८, गोरखा । जिल्लामा ‘मास्क खै अभियान’ पुनः शुरु भएको छ । जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्र गोरखाको समन्वयमा आइतवारबाट अभियान शुरु गरिएको हो ।
जिल्लामा मास्क लगाउनेको संख्या घट्दै गएको तर कोरोना संक्रमण बढ्दै गएकाले संक्रमण रोकथाम तथा न्यूनिकरण गर्ने उदेश्यले अभियान संचालन गरिएको सेवा केन्द्रका जिल्ला अध्यक्ष कैलाशबाबु श्रेष्ठले बताए । अभियान स्वरुप आइतवार बिहान जिल्ला प्रशासन कार्यालय अगाडी बाट सचेतनामूलक ¥याली निकालिएको उनले जानकारी दिए ।
उनका अनुसार ¥याली बिसौनी हुदै बसपार्कसम्म पुगेको थियो । ¥यालीको क्रममा बाटोमा मास्क नलगाइ हिड्नेहरुलाई सचेत गराउदै निशुल्क मास्क समेत वितरण गरिएको थियो । ¥यालीमा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, गोरखा नगरपालिका की उपप्रमुख बिना कुमारी श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख एसपी शेखर खनाल, सामुदायिक सेवा केन्द्र गोरखाका पदाधिकारी लगायतको सहभागीता रहेको थियो ।
कोरोनाको दोस्रो भेरियण्ट शुरु भएसँगै गत बैशाखमा प्रहरी र सेवा केन्द्र मिलेर अभियान संचालन गरेका थिए । निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण दर बढेपनि मास्क नलगाउनेहरु बढ्न थालेपछि पुनः अभियान थालिएको बताइएको छ । आइतवार सचेत गराइएको र सोमबारबाट मास्क नलगाएमा कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।