गोरखा नगरपालिकाको सेवा बन्द
गोरखा नगरपालिकाको सेवा बन्द
साउन २५, गोरखा । गोरखा नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका अन्य सेवा आज (सोमवार) देखि बन्द हुने भएको छ ।
नगरपालिकामा कार्यरत पाँच जना कर्मचारीमा कोरोना देखिएसँगै सेवा बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
आइतवार सार्वजनिक सूचना जारी गर्दै नगरपालिकाले अन्य ६ जना कर्मचारीमा समेत लक्षण देखिएकाले पिसिआर परिक्षणका लागी स्वाव संकलन गरेर पठाइएको बताएको छ ।
यस्तो अवस्थामा सेवा प्रवाह गर्दा अन्य कर्मचारी र सेवाग्राहीमा समेत कोरोना फैलन सक्ने भन्दै अर्काे सूचना जारी नभएसम्मका लागी सेवा बन्द गर्ने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले बताए । वडा कार्यालय तथा स्वास्थ्य संस्थाको सेवा भने नरोकिने उनले जानकारी दिए ।