थप कडाई गर्दै निषेधाज्ञाको अवधी लम्व्याइयो

थप कडाई गर्दै निषेधाज्ञाको अवधी लम्व्याइयो


सोमवार, साउन ३२, २०७८


थप कडाई गर्दै निषेधाज्ञाको अवधी लम्व्याइयो

साउन ३२, गोरखा । कोरोना संक्रमणको दर बढेपछि जिल्लामा थप कडाई गर्दै निषेधाज्ञा लम्व्याइएको छ । आइतवार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले भदौ १ गते राती १२ बजेदेखि ११ गतेसम्म निषेधाज्ञा लम्व्याउने निर्णय गरेको हो ।

सो अवधिभर सार्वजनिक तथा नीजि सवारी संचालन गर्न नपाइएको भएको छ । दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूल, माछा, मासु, कृषिजन्य विउविजन र निर्माण सामग्री बिक्री वितरण गर्ने पसलसँगै वर्कशप बिहान ५ देखि १० बजेसम्म मात्र खोल्न पाइने छ । यी बाहेकका अन्य सबै पसलहरु भने बन्द रहने छन् । औषधी र पेट्रोल पम्प भने २४ सै घण्टा खुल्ला रहने बताइएको छ ।



बैठकले गरेको निर्णय अनुसार सहकारी, लघुवित्त, बिमा कम्पनी लगायतका वित्तिय संस्थाको सेवा प्रवाह बन्द हुनेछन् । बैकको हकमा गोरखा नगरपालिका भित्रका बैकले सम्पर्कको आधारमा आकस्मिक सेवा मात्र प्रवाह गर्न पाउने छन् । अन्य पालिकाको हकमा सम्बन्धित पालिकाको निर्णय अनुसार बैकको सेवा संचालन हुने बताइएको छ ।

अत्यावश्यक सेवा बाहेकका अन्य सरकारी तथा गैरसरकारी कार्यालयहरुले सेवा पनि ठप्प हुने भएको छ । स्वास्थ्य, सुरक्षा, खानेपानी, बिद्युत, संचार, औषधी तथा औषधीजन्य उत्पादन तथा बिक्री वितरण लगायतका अत्यवाश्यक सेवाहरु भने बन्द नहुने बताइएको छ । भौतिक रुपमा उपस्थित भइ हुने पठनपाठन, परिक्षा लगायतका शैक्षिक गतिविधी गर्न पनि रोक लगाइएको छ ।

जिल्लामा कोरोना संक्रमणको दर बढेकाले निषेधाज्ञामा थप कडाइ गर्नुपरेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । ‘यसअघिको बैठकबाट यही साउन ३२ गतेसम्म निषेधाज्ञा जारी गरेका थियौ,’ उनले भने, ‘आज बैठक बसेर भदौ ११ सम्म लम्व्याउने निर्णय गरेका हौ ।’ अत्यावश्यक काम बाहेक घर बाहिर हिडडुल गर्न पनि रोक लगाइने उनले जानकारी दिए ।

निषेधाज्ञा उल्लघंनका कुनै पनि गतिविधी गरेमा संक्रामक रोग ऐन २०२०, स्थानीय प्रशासन ऐन २०२८ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारवाही गरिने प्रशासनले चेतावनी दिएको छ । हाल जिल्लामा ५१७ कोरोनाका संक्रिय संक्रमित छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda