गाईभैसीमा देखिन थाल्यो लम्पिस्किन रोग

गाईभैसीमा देखिन थाल्यो लम्पिस्किन रोग


सोमवार, अशोज ४, २०७८


गाईभैसीमा देखिन थाल्यो लम्पिस्किन रोग

असोज ४, गोरखा । जिल्लाका गाईभैसीमा लम्पिस्किन रोग देखा परेको छ । पालुङटार नगरपालिका, आरुघाट र भीमसेन थापा गाउँपालिकामा यो रोग देखा परेको भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गोरखाले जनाएको छ ।

उक्त रोगसँग मिल्दोजुल्दो लक्षण देखापरेपछि गाइभैसीको एलाइजा परिक्षणका लागी नमूना संकलन गरेर पशपंक्षी रोग अन्वेषया प्रयोगशाला पोखरा पठाइएको थियो । ‘हामीले ६ वटा नमूना संकलन गरेर पठाएका थियौ,’ कार्यालय प्रमुख डा. ऋषिराम सापकोटाले भने, ‘रिपोर्ट पोजेटिभ देखियो ।’ पिसिआर परिक्षणका लागी काठमाण्डौ पठाइएको उनले बताए ।



हालसम्म २५ वटा गाइभैसीमा यो रोग देखा परिसकेको उनको भनाइ छ । गाइभैसीको शरिरमा गिर्खा आउने, ज्वरो आउने र खाना नखाने यो रोगका मुख्य लक्षण रहेको बताइएको छ । ‘यो रोग लागेपछि मुख्य गरेर गाइभैसीको दुध उत्पादन घट्छ,’ सापकोटाले भने । किर्ना र लामखुट्टेको टोकाइबाट यो रोग पशुचौपायाहरु मा सर्न सक्ने भएकाले गोठको सरसफाइमा बिशेष ध्यान दिन उनले आग्रह गरेका छन् ।

भाइरल रोग भएकाले यो रोगकै लागी भनेर औषधी उपलब्ध नभएपनि लक्षण अनुसारका औषधीहरु प्रयोग गर्न सकिने उनको भनाइ छ । ‘यो भाइरल रोग भएकाले यसको यही औषधी भन्ने छैन, तर लक्षण अनुसार ज्वरोको र खाना मन लाग्ने जस्ता औषधी दिन सकिन्छ,’ उनले भने । रोग नियन्त्रणभन्दा बाहिर नरहेको उनले बताएका छन् । गोठको सरसफाइमा ध्यान दिन सके यो रोग नियन्त्रण गर्न सकिने उनको भनाइ छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda