कांग्रेस सभापतिमा न्यौपाने चयन, अन्य पदमा निर्वाचन
कांग्रेस सभापतिमा न्यौपाने चयन, अन्य पदमा निर्वाचन
असोज १९, गोरखा । नेपाली कांग्रेस जिल्ला सभापतिमा नन्द प्रसाद न्यौपाने सर्वसम्मत चयन भएका छन् । सोमवार भएको जिल्ला अधिवेशनको क्रममा सभापति पदमा न्यौपाने वाहेक अन्यको उमेदवारी नपरेपछि उनी सर्वसम्मत चयन भएका हुन् ।
आरुघाट गाउँपालिका(२ मान्वु घर भएका उनी यसअघि पार्टीको जिल्ला सचिव थिए । अन्य पदमा भने आकांक्षी धेरै भएकाले निर्वाचन हुने भएको छ । दुई उपसभापतिमा पाँच जनाको उमेदवारी परेको छ । इमान सिं बस्नेत, धिरन थापा, रविकला खनाल, सिपि पोखरेल र हरि बहादुर गान्धारीले उमेदवारी दर्ता गरेको निर्वाचन समितिले जनाएको छ ।
दुई सचिवका लागी पाँच जनाले मनोनयन दर्ता गरेका छन् । ओम बहादुर गुरड, कृष्ण बहादुर आले, किशोरजंग थापा, तारानाथ पुडासैनी र राम प्रसाद भण्डारीले मनोनयन दर्ता गरेको समितिले जनाएको छ । सहसचिव पदका लागी आठ जनाले उमेदवारी दिएका छन् ।
कमल प्रसाद अम्गाई, गंगा प्रसाद अधिकारी, दिपक हमाल, भेजराज पाण्डे, मान प्रसाद धिताल, रामशरण आचार्य, लुमनाथ लामिछाने र बिश्व भट्टले उमेदवारी दिएका हुन् । उनीहरुबाट दुई जना सहसचिवमा निर्वाचित हुनेछन् । सदस्य पदमा पनि आकांक्षी धेरै भएपछि निर्वाचन हुने भएको छ ।