माघ मसान्तसम्म शैक्षिक संस्थाहरु बन्द गर्न निर्देशन
माघ मसान्तसम्म शैक्षिक संस्थाहरु बन्द गर्न निर्देशन
माघ १८, गोरखा । जिल्लाका शैक्षिक संस्थाहरुले माघ मसान्तसम्म भौतिक उपस्थितीमा पठनपाठन गराउन नपाउने भएका छन् ।
सोमवार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले अर्काे सूचना जारी नभएसम्मका लागी भौतिक उपस्थितीमा पठनपाठन गराउन नपाउने निर्णय गरेको हो ।
सो अवधिभर भर्चुअल वा बैकल्पिक विधि अपनाएर शैक्षिक क्रियाकलाप संचालन गर्न भनिएको छ । पूर्व निर्धारित परीक्षा, जनशक्ति भर्नाका परिक्षा, बैदेशिक रोजगारीका लागी संचालन गरिने बिदेशी भाषा परिक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक कक्षा स्वास्थ्य मापदण्ड पालना गरी संचालन गर्न पाइने बताइएको छ ।
सिनेमा हल, क्लब, जिम खाना, फुटसल, रंगशाला, हाटबजार र मानिसहरुको भिडभाड हुने सबै खालका कार्यक्रम पनि माघ मसान्तसम्म संचालन गर्न रोक लगाइएको छ । खोपको आपूर्ति सहज बनाइ सबै नागरिकलाई खोप उपलब्ध गराउने व्यवस्था मिलाउन स्वास्थ्य कार्यालयलाई भनिएको छ ।