कांग्रेस कोषाध्यक्षमा खड्का, प्रवत्तामा मास्के
कांग्रेस कोषाध्यक्षमा खड्का, प्रवत्तामा मास्के
फागुन ३,गोरखा । नेपाली कांग्रेस गोरखाको कोषाध्यक्षमा बलराम खड्का र प्रवत्तामा भगवानबाबु मास्के चयन भएका छन् । सोमवार बसेको पार्टीको जिल्ला कार्यसमिति बैठकले खड्कालाई कोषाध्यक्ष र मास्केलाई प्रवत्तामा मनोनित गरेको हो । यो सँगै उक्त पार्टीको जिल्ला कार्यसमितिको पदाधिकारीले पूर्णता पाएको छ ।
केही सदस्यहरु भने मनोनित गर्न बाँकी रहेको पार्टीका जिल्ला सचिव किशोरजंग थापाले बताए । सोमवार बसेको बैठकले यही फागुन ७ गते देखि चुनाव लक्षित कार्यक्रमहरु गर्ने निर्णय समेत गरेको छ । ७ र ८ गते कांग्रेसबाट निर्वाचित जनप्रतिनिधी सँग छलफल गरिने सचिव थापाले जानकारी दिए । ९ र १० गते वडाका पार्टी सभापतिहरुसँग चुनाव लक्षित छलफल कार्यक्रम संचालन गरिने उनको भनाइ छ ।
बैठकले आसन्न स्थानीय तहको निर्वाचनको घोषणापत्र र कार्यक्रमहरु तय गर्नका लागी समिति बनाउने निर्णय समेत गरेको छ । साथै मातृ शोकमा परेका पार्टीका निवर्तमान जिल्ला सभापति हरि घलेको स्वर्गिय आमाको शोक प्रस्ताव समेत पारित गरिएको बताइएको छ ।