गैसस महासंघमा पुनः श्रेष्ठ
गैसस महासंघमा पुनः श्रेष्ठ
फागुन ८,गोरखा । गैरसरकारी संस्था महासंघ गोरखाको ११ औ साधारणसभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ । शनिवार जिल्ला सदरमुकाममा भएको अधिवेशनले पुनः सिताराम श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
जसको उपाध्यक्षमा हरि देवकोटा, सचिव बालकृष्ण लामिछाने, सहसचिव सारदा घिमिरे, कोषाध्यक्षमा रामबाबु ढकाल रहेका छन् । सदस्यहरुमा भूमी प्रसाद रेग्मी, निर्माण घिमिरे, निरन्जनरमण खनाल, सन्तोष पाण्डे, गितामाया श्रेष्ठ, मिलनसिं बस्नेत, राज गुरुङ, सुनिल न्यौपाने, साने गुरुङ र अनिता नेपाली चयन भएका छन् ।
महासंघका जिल्ला अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा गोरखा नगरपालिका मेयर राजनराज पन्तको प्रमुख अतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य, जिल्ला समन्वय समिति उपप्रमुख जानुका अधिकारी, गैसस महासंघका केन्द्रीय सचिव काजीराम रोका, गण्डकी प्रदेश इन्चार्ज राजेन्द्र पौडेल, सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष कमल लामिछाने लगायतले मन्तव्य राखेका थिए ।