दरौदी नदीमा वेपत्ता भट्ट मृत्त फेला
दरौदी नदीमा वेपत्ता भट्ट मृत्त फेला
फागुन २६,गोरखा । गोरखा नगरपालिका–१० छेवेटारको ठुटेबजार स्थित दरौदी नदीमा वेपत्ता भएका एक युवकको शव फेला परेको छ ।
भीमसेन थापा गाउँपालिका वडा नम्वर १ का २२ बर्षिय बिकास भट्टको शव बुधवार बिहान नदीमा फेला परेको प्रहरीले जनाएको छ ।
डोजरको सह–अपरेटरको रुपमा काम गर्दै आएका उनी मंगलवार साँझ देखि वेपत्ता थिए । नदी किनारमा मृतकको लूगा, चप्पल, मोवाइल र पैसा समेत भेटिएको प्रहरी निरिक्षक रामजी देवकोटाले बताए । पौडी खेल्नका लागी कपडा र पैसा किनारमा राखेर नदीमा हाम फालेको हुनसक्ने प्रहरीको अनुमान छ ।
स्थानीय कुल प्रसाद भट्टका अनुसार मृत्तक बिकास केही दिनअघि मात्र डोजरमा हेल्परको रुपमा काम गर्न आएका थिए । ‘हिजो अपरेटरले डोजर चलाइरहेका बेला उनी चाही मोवाइल चलाउदै नदी किनारमा हिडिरहेका रहेछन्,’ उनले भने, ‘राती एक्कासी मान्छे वेपत्ता भयो भनेर खवर आयो अनि हामी पुगेर खोज्दा पनि भेटाउन सकिएन ।’
स्थानीय र प्रहरीको सहयोगमा खोजी गर्दा पनि शव नभेटिएपछि कुरिनटार स्थित शसस्त्र प्रहरी वल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनबाट गोताखोरको टोली मगाइएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।