कांग्रेसका वागी उमेदवार कारवाहीमा
कांग्रेसका वागी उमेदवार कारवाहीमा
बैशाख २५,गोरखा । नेपाली काँग्रेस गोरखाले अधिकारीक उमेदवारको विरुद्ध बागी उमेदवारी दिने लाई कारवाही गरेको छ । वागी उमेदवार दिनेलाई साधारण सदस्य समेत नरहने गरि कारवाही गरिएको हो । बैशाख २१ गते साँझ सम्म वागी उमेदवारलाई उमेदवारी निष्कृय पारी आधिकारीक उमेदवारलाई समर्थन गर्न समय सिमा तोकिएको थियो ।
समय सिमा भित्र पनी उमेदवारी फिर्ता नगरेपछि विधानत साधारण सदस्य समेन नगरहने निष्कासन भएको कांग्रेस सभापति नन्द प्रसाद न्यौपानेले बताए । कांग्रेसका आधिकारीक उमेदवार विरुद्ध पालिका अध्यक्षमा वागी उमेदवारी दिएका दुइ जनाले भने उमेदवारी फिर्ता लिएका छन् । वडा तहमा भने केहिले स्वतन्त्र उमेदवारी दिएर प्रचारमा सहभागी भएका छन् ।
कारवाहीमा पर्नेमा आरुघाट गाउँपालिका–७ का रणबहादुर बराम, पालुङटार नगरपालिका–४ का कृष्णप्रसाद सोडारी र पालुङटार नगरपालिका–१० का अमर धिताल र सरस्वती धिताल रहेका छन् । त्यस्तै गोरखानगरपालिका–४ का लालप्रसाद भट्टराइ र गोरखा नगरपालिका–६ का रंगुवाबु श्रेष्ठलाई पनि पार्टी सदस्यताबाट निस्कासन गरिएको काग्रेसले शनिबार जारी गरेको विज्ञेप्तीमा उल्लेख छ ।