कोरोना संक्रमितको संख्या आठ पुग्यो
कोरोना संक्रमितको संख्या आठ पुग्यो
श्रावण ७, गोरखा ः जिल्लामा फेरि कोरोना संक्रमण देखिन थालेको छ ।
साउन महिना लागेपछि पाच दिनको अवधिमा मात्र जिल्लामा आठ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । विहिबार गोरखा अस्पतालमा कोरोना परिक्षण गराएका पाँच मध्ये तिन जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायण वावु अर्यालले बताए । चार महिला र एक पुरुषमा गरिएको परिक्षणमा तिन जना महिलाको कोरोना रिपोट पोजेटिभ आएको हो । उनिहरुको एन्टिेजेन विधिबाट कोरोना परिक्षण भएको थियो । साउन लागेपछि पाँच दिनको अवधिमा मात्र आठ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना देखिएका आठ मध्ये ६ जना गोरखा नगरपालिकाका छन् । पाुङटार नगरपालिका र भिमसेन थापा गाउँपालिकाको १÷१ जनामा पनि कोरोना देखिएको स्वास्थ्य कार्यलयका अभिलेखमा उल्लेख छ ।