हेलिकप्टर उद्धारको अनुमति ढिलाईले विरामीको मृत्यू
हेलिकप्टर उद्धारको अनुमति ढिलाईले विरामीको मृत्यू
श्रावण ८, गोरखाः हेलिकप्टरबाट उडानको अनुमतिलिने प्रक्रियामा ढिलाई हुँदा एक विरामीको मृत्यू भएको छ ।
चुमनुव्री गाउँपालिका–६ खारकी मिङ्मार छेमजोङ लामाको शुक्रबार मृत्यू भएको हो । लामा विहिबार रातीबाट विरामी परेकी थिइन् । मुटु सम्वन्धि विरामी परेकी लामालाई उद्धार गरी उपचारका लागि हेलिकप्टर माफर्ःत काठमाडौ लैजान स्थानीयले प्रक्रिया शुरु गरेका थिए । हेलिकप्टर उडानका लागि अनुमति लिने प्रक्रिया लामो हुँदा उनको शुक्रबार दिउँसो दुइ वजे मृत्यू भएको स्थानीयले बताए । स्थानीयले शुक्रबार विहानबाट हेलिकप्टर उडानको अनुमतिका लागि प्रक्रिया शुरु गरेका थिए । अनुमती लिनु र विरामीको मृत्यू हुने समय एउटै भएको उद्धारमा खटिएका धावा ग्याल्जेन लामाले बताए । जिल्ला प्रशासन कार्यालयबाट सिफारिस लिएर गृहमन्त्रालय र नागरिक उड्ययन पुग्दैमा समय लागेको स्थानीय बताउँछन् । निषेधित क्षेत्रको रुपमा रहेको चुमनुव्री गाउँपालिामा हेलिकप्टर उद्धारको झन्झटिलो प्रक्रियाले स्थानीयले सास्ती भौग्दै आएका छन् । सडक नपुगेका चुमनुव्रीमा उद्धारका लागि हेलिकप्टर वाहेक अन्य विकल्प छैन ।