ढुङ्गाले लागेर घाइते बनेका गुरुङको हेलिकप्टरबाट उद्धार
ढुङ्गाले लागेर घाइते बनेका गुरुङको हेलिकप्टरबाट उद्धार
श्रावण २१, गोरखाः धार्चे गाउँपालिका–१ यारुवगरमा भिरबाट खसेको ढुङ्गा लागेर एक जना घाइते भएका छन् ।
धार्चे गाउँपालिका–७ भिरकुनाका पुलसिं गुरुङ घाइते वनेका हुन् । शुक्रबार विहान करिव १० वजेतिर भिरबाट खसेको ढुङ्गाले लागेर उनी सख्त घाइते भएका थिए ।
उनको टाउको , खुट्टा र हातमा चोट लागेको छ । चुमनुव्री गाउँपालिकामा खच्चडबाट खाद्यान्न पु¥याएर फर्कदै गर्दा यारुवगरको भिरबाट अकस्मात झरेको ढुङ्गाले लागेर उनी घाइते वनेको स्थानीयहरुले बताए । गुरुङलाई शुक्रबार नै उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौ पठाइएको स्थानीय विशाल घलेले बताए ।