पुस्तकालय दिवसको अवसरमा गोरखा क्याम्पसमा पुस्तक दान
पुस्तकालय दिवसको अवसरमा गोरखा क्याम्पसमा पुस्तक दान
१५ औँ पुस्तकालय दिवसको अवसरमा गोरखा कयाम्पस गोरखामा पुस्तक दान कार्यक्रम सम्पन्न भएको छ ।
‘पढौँ, पढाऔँ र निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ’ भन्ने आदर्श वाक्यकका साथ पुस्तकालय दिवस मनाइएको हो । पुस्तकालय ब्यवस्थापन तथा विकास समितिका अध्यक्ष केशवसिं धामिको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख रामशरण वानियाँ लगायतका क्याम्पसका प्रध्यापकहरुको सहभागीता रहेको थियो । पुस्तक दान कार्यक्रमबाट एक सय पुस्तक संकलन भएको छ ।
त्यस्तै दिवसको अवसरमा क्याम्पस परिसरमा वृक्षारोपण पनि गरिएको थियो । विद्यार्थीलाई पुस्तकालय भ्रमण पनि गराएको पुस्तकालय सहायक रेनु श्रेष्ठले जानकारी दिइन् ।