दरवार माविमा प्रभावकारी स्वास्थ्य सम्वन्धी सचेतना
दरवार माविमा प्रभावकारी स्वास्थ्य सम्वन्धी सचेतना
गोरखाः त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानको सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रम अन्तरगत महारजगंज मेडिकल क्याम्पस ग्रुप ‘ए’ द्धारा आरुघाट गाउँपालिका–८ को दरबार माध्यमिक विद्यालयमा प्रभावकारी स्वास्थ्य सम्वन्धी कार्यक्रम भएको छ । प्राथमिक उपचार, फोहर ब्यवस्थपन, सामाजिक संजालको दुरुपयोग सम्वन्धी सचेतना, कोभिड जनचेतना, जंक फुड तथा कुलत वारेसचेतना लगायतका कार्यक्रम भएको विद्यालय शिक्षक ज्ञानेन्द्र वावु मल्लले जानकारी दिए । जंग फुडको असर तथा सामाजिक सञ्जालको दुरुपयोग सम्वन्धी जनचेतना फैलाउन नाटक पनि प्रस्तुत गरिएको थियो । आशिक झाको नेतृत्वको टोलीले सामुदायीक विद्यालयमा सचेतना सम्वन्धी कार्यक्रम गरेको हो ।