मोहन स्मृति कप फुटवलमा न्यु दौँतरी क्लब बिजयी
मोहन स्मृति कप फुटवलमा न्यु दौँतरी क्लब बिजयी
गोरखाः सिरानचोक गाउपालिका–५ चित्रेपोखरीमा भएको मोहन स्मृति कप फुटवल प्रतियोगीताको उपाधि न्यू दौतरी क्लव विजयी वनेको छ ।
न्यू सहयात्री समाना युवा क्लव लाई १–० गोल अन्तरले हराउदै न्यू दौतरी क्लव विजयी वनेको हो । प्रतियोगीतामा १८ टिमको सहभागीतारहेको थियो । म्यान अफ द म्याच न्यू दौतरी क्लवका सुदिप क्षेत्री भएपनि उत्कृष्ट गोल रक्षकमा केशर कोइरालाले पुरस्कार पाएका छन् । त्यस्तै सर्वाधिक गोल गर्ने खेलाडी लक्ष्मि वजार हट क्लवका राजकुमार घलेलाई पनि सम्मान गरिएको छ ।
नकआउट विधिबाट खेलाईको प्रतियोगीतामा प्रथम हुनेले नगद १ लाख, दोस्रो हुनेले नगद ५० हजारको साथमा मेडल र टूफि र प्रमाणपत्र पुरस्कार पाएका छन् । त्यस्तै सान्त्वना हुने दुइ टिमलाई १५/१५ हजार पुरस्कारको ब्यवस्था गरिएको छ ।