बुवाको मृत्यू संस्कारको काममा छोरीहरु
बुवाको मृत्यू संस्कारको काममा छोरीहरु
गोरखा : गोरखा नगरपालिका–४ ढुङ्गगाढेमा वावुको काजकिरिया छोरीहरुले गरेका छन् ।
छोराहरुले मात्र मृत्यू संस्कार पछिको काजकिरिया गर्ने परम्परालाई चुनौतीदिदै मेलीना थापा मगर र रन्जिता थापा मगर आफ्नो वावुको १३ दिने मृत्यू संस्कारको काममा सरिक वनेका हुन् । पुस ४ गते वावु लोकवहादुर थापा मगरको निधन पछि मेलीना र रञ्जीता १३ दिने संस्कारको काममा आफै कस्सीए ।
छिमेकी र आफन्तको सरसल्लाहमा १३ दिने मृत्यू संस्कारको काममा आफुहरु सरिक वनेको मेलिनाले बताइन् । ‘छोरी भएर पनि छोराले गर्ने काम गर्न सक्छौ भनेर हिम्मत गरेर काम शुरु गरेका हौँ, आज ९ दिन सम्मको काम गर्दा कुनै अप्ठारो महसुस भएको छैन,’ उनले भनिन् । मेलीना विएड अध्ययनरत छिन भने रन्जना १२ कक्षामा अध्ययनरत छिन् । छोरीहरुको हिम्मत देखाएर काजकिरिया गरेको आमा सुनमाया थापाले बताइन् । ‘पढेलेखेका छोरीहरुले वावुको काम हामी आफै गछौै भनेपछि थुनछेक गरेनौँ,’ उनले भनिन् ।
गाउँभरीमा पहिलो पटक छोरीहरुले हिम्मत गरेर मृत्यू संस्कारको काममा सरिक भएको देखेको स्थानीय निर्मला थापाले बताइन् । ‘यो कार्यले छोरा नहुनेहरुलाई पनि छोरीले केहि गर्न सक्दो रहेछन भन्ने हिम्मत वढेको छ,’ निर्मलाले भनिन् ।