पौष २७ बाट ‘राष्ट्र निर्माता’ सलामी अर्पणको थालनी गरिने
पौष २७ बाट ‘राष्ट्र निर्माता’ सलामी अर्पणको थालनी गरिने
गोरखा : गोरखा नगरपालिका–६ स्थित ठुलोआँगनमा पौष २७ गतेबाट ‘राष्ट्रनिर्माता सलामी’ अर्पण थलानी गरिने भएको छ ।
मंगलबार गोरखा नगरपालिका र नेपाली सेनाको रिपुमर्दन गणले पत्रकार सम्मेलन गरि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई सलामी अर्पण कार्यक्रमको सुरुवात गर्ने जानकारी गराएको हो ।
नेपाल राष्ट्रको गौरवशाली इतिहास र राष्ट्रिय एकिकरण अभियानलाई जनमानसमा दिर्घकालिन रुपमा जिवन्त राख्न तथा पृथ्वीनारायण शाहको सम्मानका लागि राष्ट्रनिर्माता सलामी कार्यक्रमको थालनी गर्न लागेको गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले बताए । उत्त कार्यक्रमले इतिहासलाई जगेर्ना तथा वाह्य तथा आन्तरिक पर्यटनलाई समेत भित्राउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
झण्डोत्तोलन तथा विगुलद्धारा विजय ध्यवनी सहित सलामी अर्पण कार्यक्रम हुने उनले बताए । पौष २७ देखि हरेक दिन सुर्यदय र सुर्यास्तमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गर्ने छ । पौष २७ गते ठुलोआगनमा निर्माण हुने पुर्ण कदको शालिक अनावरणको कार्यक्रम समेत राखिएको छ ।