सुस्त गतिमा वाइक चलाउने प्रतियोगिता
सुस्त गतिमा वाइक चलाउने प्रतियोगिता
गोरखा : लियो क्लव अफ गोरखाको ३५ औँ स्थापना दिवसको अवसरमा सोमबार तेस्रो दिन सुस्त गतिमा बाइकल चलाउने प्रतियोगीता भएको छ ।
तिब्र गति जिबनको क्षति भन्ने मुख्य उद्देश्यका साथ भएको प्रतियोगीतामा आशिष कुमार भट्ट पहिलो भएका छन् । जित बहादुर थापा दोस्रो र र किशोर डिस्वा तेस्रो भएका छन् । प्रतियोगीतामा प्रथम हुनले ट्रफि, फुल हेलमेट र मेडल, द्वितीय हुनले हेलमेट र मेडल, तथा तृतीय हुनेलाई हाप हेलमेट, बाईक कभर, मेडल पुरस्कार दिइएको छ । प्रतियोगीतामा ३० जनाको सहभागीता रहेको थियो । क्लवका अध्यक्ष बालकृष्ण परियारको अध्यक्षतामा भएको कार्यक्रममा , लियो एड्भाईजर श्यामबाबु श्रेष्ठ, जिल्ला टूाफिक कार्यालय गोरखाका प्रमुख बेदनाथ भण्डारी, अयोध्या जोशि, यम बसेल लगायतको सहभागीता रहेको थियो ।
त्यस्तै प्रजातन्त्र दिवसको अवसरमा भएको जिल्ला स्तरिय अपाङ्गमैत्री खुल्ला वक्तृत्वकला प्रतियोगीतामा आरुघाट गाउँपालिका पाखुरेका लिल बहादुर गुरुङ पहिलो भएका छन् ।
गोरखा नगरपालिकाको आर्थिक सहयोगमा लियो क्लब अफ गोरखाले गरेको प्रतियोगीतामा गोरखा नगरपालिका आहालेकी लक्ष्मी श्रेष्ठ दोस्रो, भीमसेन थापा गाउँपालिकाका केशव लामिछाने तेस्रो भएका छन् । उनीहरुले क्रमश दश हजार, आठ हजार र छ हजार नगद पुरस्कारको साथम मेडल र प्रमाणपत्र पाएका छन् ।