टन्न खाएर पनि घटाउन सकिन्छ तौल, तर कस्तो खानेकुरा

टन्न खाएर पनि घटाउन सकिन्छ तौल, तर कस्तो खानेकुरा


सोमवार, चैत्र २०, २०७९


टन्न खाएर पनि घटाउन सकिन्छ तौल, तर कस्तो खानेकुरा

मोटोपन कसरी घटाउने र यसको चल्तापूर्जा सूत्र हो, खानेकुरामा कटौती ।

आम मान्छेमा के धारणा छ भने मोटोपनको कारण खानपान नै हो । त्यसैले आफ्नो थालीबाट खानेकुराको मात्रा घटाएपछि पेटको बोसो पनि घट्छ भन्ने बुझाइ छ । तर मोटोपन घटाउने वैज्ञानिक तरिका होइन यो । मोटोपन नियन्त्रणका लागि आवश्य पनि खानपानको भूमिका हुन्छ । त्यसैले खानामा भएको क्यालोरीको मात्रा घटाउने हो, पोषक तत्व होइन । जब हामी खानेकुराको मात्रा घटाउन थाल्छौं, पोषक तत्व पनि कम हुन्छ । यसले गर्दा शरीरको बोसो घट्दैन बरु मांसपेशी र शरीरको पानी घट्न थाल्छ । जुन एकदमै हानिकारक हुन्छ । किनभने घट्नुपर्ने त बोसो मात्र हो । हाम्रो उमेर, शरीर, जीवनशैली अनुसार कति क्यालोरी लिने भन्ने कुरा तय गर्न सकिन्छ । यदि क्यालोरीको सन्तुलन मिलाएर खान सकेमा शरीरमा बोसो बढ्ने कुरै हुँदैन । टन्नै खाने भरपेट खाएरै मोटोपन घटाउने हो । यसमा जान्नुपर्ने कुरा यति मात्र हो कि कुन खानेकुरा पोषक तत्वले भरिपूर्ण छ । किनभने हामीलाई पोषकतत्वले भरपुर खानेकुरा जरुरी हुन्छ । शरीरलाई जरुरी पोषक तत्व एकै किसिमको खानाबाट मात्र पनि प्राप्त हुँदैन । त्यसैले खानामा विविधता हुनुपर्छ । के खाने र शरीरलाई कार्बोहाइड्रेट, प्रोटिन, बोसो जस्ता सबै पोषक तत्व चाहिन्छ । रेसादार, ताजा खानेकुरामा पोषकतत्व पाइन्छन्, बजारमा उपलब्ध प्रशोधित खानेकुरामा होइन । टन्नै सागपात, गेडागुडी खानुपर्छ । आफ्नो भूगोलमा पाइने मौसमी फलफूल खानुपर्छ । गाँजर, मुला, काँक्रो, केराउ, राजमा, चना, काउली, ब्रोकाउली आदि खानुपर्छ । चामल, आलु, माछामासु पनि भरपेट खाए हुन्छ । यी खानेकुराले मोटोपन बढ्दैन । मोटोपन घटाउन भोको पेट वा आधा पेट बस्नु पर्दैन । उच्च क्यालोरी भएको खानेकुरा नखाए हुन्छ । बजारमा पाइने प्रशोधित खानेकुरा चाउचाउ, विस्कुट, चिप्स, कोकाकोला, पेप्सी आदि चाहिं उच्च क्यालोरीयुक्त खानेकुरा हुन् । यस्ता खानेकुराबाट शरीरलाई जरुरी पोषक तत्व प्राप्त हुँदैन । कसरी खाने र लामो समय भोकै बसेर एकै पटक धेरै खाने तरिका उचित हुँदैन । पटक–पटक थोरै थोरै खानेकुरा खाँदा पचाउन सहज हुन्छ । उच्च क्यालोरी भएको र बोसोयुक्त खानेकुरा सजिलै पचाउँदैन । सबैभन्दा छिटो कार्बोहाइड्रेटयुक्त खानेकुरा पच्छ । त्यसपछि प्रोटिनयुक्त खानेकुरा पचाउन सजिलो हुन्छ । यस्ता खानेकुरा खाँदा शरीरमा बोसो जम्दैन । चामल, आलुले तौल बढ्दैन मोटोपन घटाउनेहरुले चामल, आलु छुनै हुन्न भन्ने गरेको पनि पाइन्छ । यो भ्रम हो । आलु र चामल कार्बोहाइड्रेटको राम्रो स्रोत हो, जुन शरीरका लागि जरुरी हुन्छ । कार्बोहाइड्रेटयुक्त खानेकुरा छाड्दा मोटोपन नियन्त्रण हुन्छ भन्ने गलत धारणा छ । ताजा, मौसमी र हामीले परम्परादेखि खाँदै आएको खानेकुरा सबै खानुपर्छ । यद्यपि हरेक खानेकुुराको मात्रा हुन्छ, सही मात्रामा खानुपर्छ । नेपालीमा भनाइ छ– धेरै खायो भने अमृत पनि विष हुन्छ । चिनी पनि तीतो हुन्छ । कस्तो खानेकुरा चटक्कै छाड्दा हुन्छ र चामल, आलु, माछामासु, अण्डा, सागसब्जी, गेडागुडी, फर्सी, काँक्रो, सिमी, गोलभेंडा, दही, मोही, दूध, घिउ जस्ता खानेकुरा छाड्नै पर्दैन । यदि आफूलाई रुच्छ र खान पनि मन लाग्छ भने खाँदा हुन्छ । तर जिब्रोलाई मात्र लोभ्याउने जंकफुड, कोल्ड ड्रिंक भने पूर्ण रुपले त्याग्दा हुन्छ ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda