एसईईको कपको उपाधि मनासलुलाई
एसईईको कपको उपाधि मनासलुलाई
द ओसन क्लवको आयोजनामा भएको एसईई कप २०८० को उपाधि मनासलु वल्ड कलेज काठमाडौले जितेको छ । सोमबार भएको फाइनल खेलमा रमाइलो समिडाडा युवा क्लवलाई ११–२ गोल अन्तरले हराउदै मनासलु कलेजले उपाधि जितेको हो ।
विजेता मनासलु क्लवले ट्रफि मेडल सहित नगद १५ हजार पुरस्कार पाएको छ । उपविजेता रमाइलो समिडाडा क्लवले मेडल सहित सात हजार पुरस्कार पाएको छ । प्रतियोगीतामा गोरखा काठमाडौ र तनहुका १२ टिमको सहभागी रहेको थियो । प्रतियोगीता वैशाख १७ र १८ गते गोरखा नगरपालिका–९ दलभञ्ज्याङमा भएको थियो । एसईई दिएका खेलाडीहरुले प्रतियोगीतामा भाग लिएका थिए । मिस्टर वि प्रालिको प्रायोजनमा प्रतियोगीता भएको हो ।