ट्रेड युनियन कांग्रेसको अध्यक्षमा थापा
ट्रेड युनियन कांग्रेसको अध्यक्षमा थापा
ट्रेड युनियन कांग्रेसको अध्यक्षमा शिववहादुर थापा निर्वाचित भएका छन् ।
शनिबार भएको अधिवेशनबाट उपाध्यक्ष खुल्लामा कृष्ण वहादुर खनाल, उत्पादन क्षेत्र तर्फ रामेश्वर पोखरेल, सेवा तर्फ कोपिला भट्टराइ, महिला तर्फ अमला अधिकारी, सचिवमा सैलेन्द्र भट्ट, सहसचिवमा गोकुल भट्ट र कोषाध्यक्षमा पुरषोक्तम अर्याल चयन भए । मोहन वहादुर सापकोटा र सरद श्रेष्ठ महाधिवेशन प्रतिनिधि, कृष्णराज पन्त, हिरामाया रेग्मी, राजकुमारी थापा, गीता राना र वेदप्रसाद अधिकारी प्रदेश प्रतिनिधिमा चयन भएका छन् । कार्यक्रमको उदघाटन समारोहमा ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजय राइ, जिल्ला सभापति नन्दप्रसाद न्यौपाने लगायतले मन्तब्य राखेका थिए ।