लार्केपासमा एक युवकको मृत्यू
लार्केपासमा एक युवकको मृत्यू
मनास्लु क्षेत्र अन्तरगत लार्केपासको क्रममा एक जनाको मृत्यू भएको छ ।
चुमनुव्री गाउँपलिका–१ सामागाउँको लार्केपासका लागि वैशाख १८ गते हिडेका धादिङ निलकन्ठ नगरपालिका–११ का प्रकाश दवाडी शनिबार मृत भेटिएका हुन् । २० वर्षिय दवाडी वहराल एडभेन्चर प्रालिबाट भरियाको रुपमा लार्केपासको लागि पुगेका थिए । मृतकको शव सामााउँबाट हेलिकप्टर मार्फत पोष्टमाटमका लागि काठमाडौ लगिएको प्रहरीले जनाएको छ ।