अचार, जुस र जाम वनाउने तालिम शुरु
अचार, जुस र जाम वनाउने तालिम शुरु
गोरखा ःओमन चेम्वर अफ कमर्सको आयोजना तथा गोरखा नगरपालिकाको आर्थिक सहयोगमा तिन दिने अचार, जुस र जाम बनाउने तालिम शुरु भएको छ ।
ओमन चेम्वर अफ कमर्सका अध्यक्ष ज्ञानु अधिकारीको अध्यक्षतामा भएको तालिम उद्घाटन समारोहमा गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकर, चेम्वर अफ कमर्सका अध्यक्ष भाइचन्द्र श्रेष्ठ, प्रशिक्षक रेखा शर्मा चौधरी लगायतको सहभागीता रहेको थियो ।
तालिममा १५ जनाले सहभागिता जनाएका छन् । महिलाहरुलाई ब्यवसायीक र उद्यमी वनाउन तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ ।