शान्ति सुरक्षाको प्रवन्ध मिलाउन माग गर्दै ज्ञापनपत्र
शान्ति सुरक्षाको प्रवन्ध मिलाउन माग गर्दै ज्ञापनपत्र
गोरखाः शान्ति सुरक्षाको प्रवन्धको माग गर्दै नेपाल लघुविक्त वैकर्स संघले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाएको छ ।
केहि समययता केहि ब्याक्ति तथा राजनितिक समुहले ‘लघुवित्त विरुद्धको संघर्ष समिति’ नाममा अवैधानिक समुह खडा गरि सुनुयोजित तवरले वित्तिय संस्थामा आन्दोलन गरि अनर्गल प्रचार गर्ने, बित्तीय संस्था जस्तो अत्यावश्यक सेवा अवरुद्ध गर्ने नियतयले वित्तिय संस्थाको कार्यलयमा ताल्चा लगाउने, लघुवित्तकर्मीहरुलाई कार्यक्रम वन्द गर्न धम्की दिने, मनोवल कमजोर गराउने गतिविधि भइरहेको ज्ञापनपत्रमा उल्लेख छ ।
यस्ता समुहको आन्दोलनका नाममा भएका अवान्छित गतिविधि तत्काल वन्द गरि शानित सुरक्षाको प्रवन्ध मिलाउन माग गर्दै ज्ञापनपत्र वुझाइएको हो । यस्ता गतिविधिमा लाग्नेहरुले वैक तथा वित्तिय संस्थाको कर्जा लिएर नतिर्ने, अटेरी गर्ने, वित्तिय अनुशासन नभएका र समाजमा आर्थिक रुपमा वदनाम भएकाहरु रहेको पनि ज्ञापनपत्रमा उल्लेख छ ।