सतिपिपलबाट बरामद गरिएको क्रिस्टल स्टोन गोरखामै राख्न माग
सतिपिपलबाट बरामद गरिएको क्रिस्टल स्टोन गोरखामै राख्न माग
गोरखा ः गोरखा नगरपालिका–७ सतिपिपलबाट वरामद भएको टल्कने शिला क्रिस्टल स्टोन गोरखा दरवार क्षेत्रमा स्थापना गरी गोप्यताका साथ राख्न गुरु गोरक्षधाम सिद्धाश्रम केन्द्रले माग गरेको छ ।
विहिबार प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई ज्ञापन पत्र वुझाउदै शान्ति र सुरक्षा होस भनी कुलदेवाताको रुपमा पुजा गर्दै आएको उत्त शिला गोरखामै राख्न माग गरेको हो । ‘गोरखाली र गोरखा भुमिको विराशत एवं अलौकिक सम्पत्तिको रक्षाको लागि यथासिघ्र सहि निर्णय गर्न अनुरोध गर्दछौ,’ ज्ञापनपत्रमा भनिएको छ ।
उत्त प्रकाश दिने ढुंगा अलौकिक शिला रहेको र तत्कालिन समयमा गोरखा भुमिबाट दैवीक शत्ति जगाइ नेपाल एकीकरणको वखत गोरखाली सेनाले प्रयोग गर्ने गरिएको केन्द्रको दावी छ । गोरखाको विराशत एवम अलौकिक सम्पती जो कुनै वाहानामा गोरखा भुमिबाट वाहिर जाने वातावरण सिर्जना नगर्न पनि केन्द्रले माग गरेको छ । प्रहरीले किनवेचन गर्न लागेको सुचनाको आधारमा उत्त ढुङ्गा असार १४ गते वरामद गरेको थियो ।