एक महिनामा वलत्कारका चार घटना
एक महिनामा वलत्कारका चार घटना
गोरखाः ३० वर्षिय महिलालाई जवरजस्ती करणी गरेको गरेको आरोपमा पालुङटार नगरपालिका–६ का २७ वर्षिय नरेश तामाङलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । साउन ३ गते महिलालाई डर÷त्रास, धाक÷धम्की दिइ वलत्कार गरेको भन्दै पिडितका आफन्तले दिएको जाहेरीका आधारमा आरोपित पक्राउ परेका हुन् ।
आरोपित विरुद्ध आइतबार जिल्ला अदालत गोरखामा जवरजस्ती करणी कसुर शिर्षकमा मुद्धा दर्ता गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी जानकारी दिएको छ । असार १४ पछि मात्र गोरखामा वलत्कारका चार वटा घटना घटेका छन् । १६ वर्षिय वालिकालाई जवरजस्ती करणी गरेको आरोपमा पालुङटार नगरपालिका–२ का २६ वर्षिय टेक वहादुर रानालाई प्रहरीले असार १४ गते पक्राउ गरेको थियो ।
त्यस्तै २९ वर्षिय महिलालाई जवरजस्ती करणी गरेको आरोपमा शहिद लखन गाउपालिका–१ सानो दिप्लीङका का ४५ वर्षिय नारायणवहादुर राना असार १७ गते पक्राउ परे भने १७ बषिय वालिकालाई जवरजस्ती करणी गरेको आरोपमा सिरानचोक गाउपालिका–३ का २१ ब्र्षिय सविन थापालाई असार २३ गते पक्राउ परेका थिए । ललाई फकाई विभिन्न प्रलोभनमा पारेर वलत्कार घटना हुने गरेको घटनाको प्रकृतिले देखाएको छ ।
पछिल्लो समय वलत्कार, वलत्कार प्रयास, बाल यौन दुरुपयोगका घटना वढेका छन् । गत आर्थिक वर्ष २० वटा जवरजस्ती करणी, २ वटा वाल यौन दुरुपयोग र ३ वटा जवरजस्ती करणी उद्योगका घटना दर्ता भएको थियो ।