बार्षिक प्रगती समिक्षा कार्यक्रम सम्पन्न
बार्षिक प्रगती समिक्षा कार्यक्रम सम्पन्न
गोरखाः भिमसेन थापा गाउँपालिकाको गत आर्थिक वर्ष २०७९÷०८० को बार्षिक प्रगती समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा भिमसेन थापा गाउँपालिकाका विषयगत शाखाका शाखा प्रमुख, एवं उपशाखा प्रमुखहरुबाट एवं संघीय सरकार तथा प्रदेश सरकारबाट सञ्चालित कार्यक्रम हेर्ने शाखाका कर्मचारीहरुबाट एक वर्षको वअधिमा भएका बार्षिक नीति कार्यक्रम तथा बजेटबाट भएका कार्यक्रमका सम्वन्धमा बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै चालु आर्थिक बर्ष ०८०÷०८१ मा गरिने भावी योजनाहरुको समेत प्रस्तुत गरेका थिए ।
गाउँपालिकाले गत आर्थिक वर्षमा सम्पादित गरेका कार्यक्रम तथा योजनाहरुको बार्षिक समिक्षा कार्यक्रम गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लोक प्रसाद बञ्जारा, उपाध्यक्ष अमृता देवी वस्ती (भट्ट) को सहभागीता भएको थियो । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले स्वागत मन्तव्य रराखेका थिए ।