माछाखोलामा खाद्यको ६५ क्वीन्टल मात्र चामल ढुवानी
माछाखोलामा खाद्यको ६५ क्वीन्टल मात्र चामल ढुवानी
गोरखा ः गत आर्थिक वर्ष माछाखोला डिपोमा ६५ क्वीन्टल मात्र चामल ढुवानी भएको छ ।
खाद्यको भन्दा वजारको चामल सस्तो परेपछि माछाखोला डिपोमा खाद्यको चामल विक्रि दर घटेको हो । लार्के सडकको टूयाक खुलेसँगै माछाखोलामा खाद्यको चामल विक्रि घटेको छ । गत आर्थिक वर्ष माछाखोला डिपोका लागि ५ सय क्वीन्टल चामलको कोटा तोकिएको थियो ।
सिर्दिवास डिपोमा २८ सय ७० क्वीन्टल चामल गत आर्थिक वर्ष ढुवानी भएको खाद्य ब्यवस्था तथा वजार कम्पनी लिमिटेडका प्रमुख मुनीलाल कुशवाहले जानकारी दिए । विमलनगर र गोरखा डिपोबाट चुमनुव्री गाउपालिका–३ सिर्दिवास डिपोमा खाद्यान्न ढुवानी गरिएको थियो । त्यस्तै चुमनुव्री ४ को नामरुङ विक्रि केन्द्रमा चार सय ९० र वडा नम्वर ६ को चुम्लीङ विक्रि केन्द्रमा ४ सय २९ क्वीन्टल चामल ढुवानी भएको छ । बर्खाको वेला भैपरी आउने समस्यालाई मध्यनजर गर्दै सिर्दिवास डिपोमा ६ सय क्वीन्टल चामल मौज्दात राखिएको पनि उनले जानकारी दिए ।
सदरमुकाम स्थित पाटेचौरको डिपोमा ७ सय क्वीन्टल चामल मौज्दात छ । चालु आर्थिक वर्ष गोरखाबाट सिर्दिवास डिपोका लागि एक हजार र विमलनगर डिपोबाट एक हजार क्वीन्टल चामल पु¥याउने गरि ठेक्का आह्वानको तयारी गरिएको छ । माछाखोला डिपो, नामरुङ र चुम्लीङ विक्रि केन्द्रका लागि ५÷५ सय क्वीन्टल चामल ढुवानी हुने गरि ठेक्का आह्वान हुने उनले बताए ।