महेन्द्र मावि परिसरमा वृक्षारोपण
महेन्द्र मावि परिसरमा वृक्षारोपण
गोरखा ः लायन्स क्लव अफ गोरखा तारानगरको आयोजना तथा लियो क्लव अफ गोरखा तारा नगरको सहकार्यमा गोरखा नगरपालिका–१२ को महेन्द्र माध्यमिक विद्यालय दशकिलोमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
अशोका, धुपि, जामुना, म्याग्नेस्टीक, काइयो फुल, कपुर लगायतका विभिन्न प्रजातिका २५ वटा विरुवा रोपिएको क्लवका सचिव विभोर कुमालले जानकारी दिए । लायन्स क्लव अफ गोरखा तारानगरको अध्यक्ष सुनिल कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुअ अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वृद्धिबहादुर कुमाल, प्रधानाध्यपक गोपाल बावु मरहट्टा, लायन्स क्लव अफ गोरखा तारानगरका निवर्तमान अध्यक्ष तथा डिष्टिूक ३२५ जे नेपाल जोन १० का जोन चियरपर्सन यम बहादुर बसेल, लायन्स क्लव अफ गोरखा तारानगरको उपाध्यक्ष राधिका कुमाल, लियो क्लव अफ गोरखाका अध्यक्ष संजित आले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।