मेरो डान्स युनिभर्स’को फाइनलमा स्वस्तिक
मेरो डान्स युनिभर्स’को फाइनलमा स्वस्तिक
गोरखा ः गोरखा नगरपालिका–१० विरेन्चोकका का स्वस्तिक अर्याल सानै देखि नृत्यमा औधि रुचि राख्थे । फुर्सदको समयमा नृत्यको फरक÷फरक कला सिक्न उनी टेलिभिजन र युटुवमै झुम्मिरहेको भेटिन्थे ।
उनै स्वस्तिक अन्तराष्ट्रिय स्तरको ‘मेरो डान्स युनिभर्स’को शिर्ष ५ भित्र पर्न सफल भएका छन् । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले आयोजना गरेको मेरो डान्स युनिभर्सको शिर्ष ५ मा पुगेका स्वस्तीक मंगलबार भोट माग्दै गृह जिल्ला गोरखा आइपुगे । स्वस्तिकको नृत्यको प्रशंसक र सुभेच्छुक उनिसँगै झुम्मीए । शिर्ष ५ मा पुगेका स्वस्तिकलाई शुभकामना दिए ।
उपाधि जित्न हौसला थपे । गृह जिल्ला गोरखा आएका स्वस्तिकलाई गोरखा नगरपालिका–१३ स्थित मझुवामा पुगेर गोरखाली युवाले स्वागत गरेका थिए । लायन्स र लियो क्लव, विरेन्चोकको स्थानीयहरुले उनलाई वाजागाजा सहित स्वागतको प्रवन्ध मिलाएको थियो । माध्यमिक शिक्षा सन्तजोसेपबाट पुरा गरेर अध्ययनका लागि काठमाडौ गएका स्वस्तिकले नृत्य कलालाई अझै निखारे । भन्छन्,‘लर्निङ फेजमा हार मान्नुहुदैन, रियालीटि सोको फाइनलस्टिक हुन्छु भनेर अपेक्षा गरेको थिइन, निरन्तरको नृत्य प्रतिको लगावले शिर्षमा ५ मा पुगेँ ।’ विद्यालयको बार्षिक उत्सव, गुरुपुर्णिमा जस्ता कार्यक्रममा नाच्दा साथीभाइ र शिक्षकको हौसलाले नृत्य प्रति अझै रुचि वढेको उनले बताए ।
स्वस्तिकले पप्पिङ स्टायल सँगै हिपप् र मोर्डन स्टाइलको नृत्यमा दख्खल राख्छन् । गोरखा जिल्लाबाट प्रतिनिधित्व गरेर ‘मेरो डान्स युनिभर्स’मा सहभागी वनेका स्वस्तिकले भदौ २ गते हुने फाइनलका लागि भोट दिएर सहयोग गर्न आग्रह गरे । साउन २७ गते शनिबार बेलुकिदेखि भदौ २ गते शनिबार सम्म भोटिङ खुल्ला रहने छ । प्रतियोगीताको विजेतलाई १ करोड, फस्ट रनर अपलाई ३० लाख र सेकेण्ड रनर अपलाई २० लाख पुरस्कार पाउने छन् ।
मंगलबार उनी आफुलाई भोट दिएर सहयोग गर्न आग्रह गर्दै सन्तजोसेफ, छेवेटार वजार, तारा मावि, वाह्र किलो, तेह्रकिलो, विरेन्चोक, द्रब्यशाह वहुमुखी क्यम्पस, हरमटारी र वल्डक्यापिडल पुगेका थिए । उनलाई विरेन्चोकका महिला समुहले वाजागाजा सहित स्वागत गरेका थिए ।
स्वस्तीकलाई भोट गर्न ‘माइ इन्ट्रा’ एप डाउनलोड गरेर ‘मेरो डान्स युनिभर्स’मा गइ स्वस्तिकको तस्विरमा क्लीक गरेर भोट गर्न सकिन्छ ।