माओवादीको जिल्ला संयोजकमा तिमिल्सिना र इन्चार्जमा कोइराला
माओवादीको जिल्ला संयोजकमा तिमिल्सिना र इन्चार्जमा कोइराला
गोरखा ः नेकपा माओवादी केन्द्रको जिल्ला संयोजकको जिम्मेवारी दिपक तिमिल्सिना(साकार)ले पाएका छन् ।
आइतबारको गण्डकी प्रदेश समितिको सातौ पुर्ण वैठकले गोरखा जिल्ला संयोजकको जिम्मेवारी तिमल्सीनालाई दिएको हो । तिमिल्सिना गण्डकी गाउपालिकाका अध्यक्ष समेत हुन् । त्यस्तै गोरखा जिल्ला इन्चार्जको जिम्मेवारी केन्द्रिय सदस्य दिपक कोइरालले पाएका छन् । उनी यस अघि पोखरा महानगरपालिकाको जिम्मेवारीमा थिए ।
यस अघि गोरखा जिल्लाको इन्चार्जको जिम्मेवारीमा रहेको अमर तमुलाई नवलपुर जिल्ला समितिको इन्चार्जको जिम्मेवारी दिइएको छ । भदौ १६ गतेबाट तिन महिने अभियानलाई लक्षित गरी माओवादीले जिम्मेवारी हेरफेर गरेको हो ।