गोरखा दरौदी यातायात प्रालिको भवन निर्माण
गोरखा दरौदी यातायात प्रालिको भवन निर्माण
गोरखा ः गोरखा नगरपालिका–९ स्थित ठिगुरेस्वाँरामा निर्माण भएको गोरखा दरौदी यातायात सेवा कम्पनी प्रालिको भवन उद्घाटन भएको छ ।
सोमबार नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले एक कार्यक्रमका विच भवनको उद्घाटन गरे । झण्डै डेड करोडको लागतमा तिन तले भवन निर्माण भएको हो । उत्त भवन निर्माणका लागि २०६६ सालमा एक रोपनी जग्गा खरिद गरिएको थियो । कम्पनीले नवनिर्मित भवनबाट कार्य संचालन गर्ने छ ।
नवनिर्मित भवनमा जिल्लाका यातायात ब्यवसायीहरुको संलग्नतामा स्थापना गरिएको सहकारीको पनि कार्यलय रहने छ । ब्यवसायीहरुको आर्थिक सहयोगबाट भवन निर्माण सम्पन्न भएको हो । आइतबार कम्पनीका अध्यक्ष नारायण खत्रीको अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा यातायात ब्यवसायी समितिका पुर्व अध्यक्ष भाइचन्द्र श्रेष्ठ, प्रालिका सल्लाहाकार नन्दलाल वगाले, देवराज श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।